तिज गीतः कति दुःख कति कष्ट

गंगा कडायत ##

देशको बिकास गरौँ, सन्देश छ यसपाली,
देशको लागि मर्नमेट्न तयार हामी नेपाली ।

प्रदेशमा भए पनि देशका लागि लडने छौँ,
देशको बिकास गर्नलाई अघि बढ्ने छौँ ।

छैन रोजगार स्वदेशमा भयौ सबै बेरोजगार,
प्रदेशमा हामी सबै नेपाली गर्छौँ अव्यवहार ।

प्रदेशका गल्ली गल्ती कुना काप्चा नेपाली,
देशमा छैन रोजगारी प्रदेशमा भए बिचल्ली ।

देशमा रोजगार पाएदेखी किन प्रदेश जानेथे,
आठो पिठो भएपनि परिवारकै साथमा खानीथे ।

छैनन कोही नेपालमा चारै दिशा छरिए,
सुन्ने भयो पाखापखेरा, गाउँघर प्रदेश भरिए ।

हाम्रो देशका युवाहरू देशमै थियो खाचो त,
नेताहरूले लिन पर्ने देशको चिन्ता चासो त ।

जनताको चासो छैन हाम्रा देशका नेतालाई,
देशमा रोजगार मिन्नु छैन आफ्‌ना जनतालाई ।

ठुला महल छोड्नालाई गारोहुने नेतालाई,
कति दुःख कति कष्ट हामी जनतालाई ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार