
विष्णु शर्मा (पाण्डेचेरी)
उठौ दिदी उठौ बैनि अब कम्मर कसेर,
अबला र कमजोर बनी हुन्न बसेर ।
धेरै हेपे धेरै चेपे हामी कमजोर भएर,
अब पनि घरमै बसि हुन्न सहेर ।
राम्रो काममा अघि बढौ एक ढिक्का बनेर,
आफू हिड्ने बाटाहरु आफै खनेर ।
समाजमा बनाउने हो हाम्रो आफ्नै पहिचान,
कति सम्म सहि बस्ने हाम्ले अपमान ।
आज पनि चुला चैका तिम्रो हाम्रो पेवा छ,
यसलाई जिबित राख्नलाइ सबको टेवा छ ।
पढी लेखी डक्टर पाइलट इन्जिनियर बन्दानी,
हेर्नु पर्छ हामीले नै घर धन्दानी ।
घर अनि बाहिरको कामको सबै भारीले,
सास फेर्न पाएका छैनौ नारीले ।
फेरि पनि हाम्लाइ मान्छन् पैतालाको धुलो झै,
पुरुष भने घर समाज सधै ठुलो नै ।
मुख्य ठाउमा राख्न परे दस पटक सोच्दछन् ।
काम बिग्रे आइमाई त हो भनी घोच्दछन् ।
जान्ने बुझ्ने भयौं भने पोथी बास्यो भन्दछन्,
नारी पिडीत पुरुष भनी चर्चा गर्दछन् ।
पुरुष र नारी बिना सृष्टि काहा चल्याछ,
असमानता बिरुद्धमा आगो बल्याछ ।
विभेद मेट्ने आन्दोलनमा हामी हिस्सा लिने हो,
बर्गिय मुक्ति आन्दोलनलाई साथ दिने हो ।
जसको लागि हामी नारी हिडौ अघि बढेर,
नारी मुक्ति आन्दोलनको पाठ पढेर ।















