तिलक थापा, बागलुङ ।
राष्ट्रिय जनमोर्चा बागलुङको कार्यालयमा कार्यरत दुरपति कुँवरप्रति राजमोको झण्डा ओढाएर सम्मानका साथ अन्तिम विदाई गरिएको छ ।
सोमबार अस्तुघाट अधिकारीचौरमा मृतक कुँवरको पार्थिव शरीरमा राजमोको झण्डा ओढाएर श्रद्धाञ्जली सहित अन्त्यष्टि गरिएको हो । राजमो बागलुङका जिल्ला अध्यक्ष अमर थापा र गण्डकी प्रदेशका सांसद खिम विक्रम शाहीले पार्टीको झण्डा ओढाउनुभएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा सांसद शाहीले मृतक दुरपति कुँवरले पार्टीलाई पुर्याएको योगदानको चर्चा गर्दै उहाँको निधनले पार्टीलाई अतुलनीय क्षति पुगेको बताउँदै शोक लाई शक्तिमा बदल्न सबैलाई अनुरोध गर्नु भएको थियो ।
श्रद्धाञ्जलीमा राष्ट्रिय जनमोर्चाका जिल्ला, नगर तथा वडाका नेता तथा कार्यकर्ताहरु आफन्हरुको उपस्थिति रहेको थियो ।
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ५ अधिकारीचौर निवासी राजमोका जिल्ला उपाध्यक्ष धर्म बहादुर कुँवरकी श्रीमती दुरपति कुँवरको क्यान्सर र जण्डिसका कारण आइतबार ६६ वर्षको उमेरमा निधन भएको थियो ।
















