
भोपाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको विस्तारित बैठक भोपालमा सम्पन्न भएकोछ । बैठकको उद्घाटन राष्टिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले गर्नुभएको थियो । केसीले उद्घाटन मन्तव्यमा गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि जोड दिनुभएको थियो ।
महासचिव ठाकुर खनालको सञ्चालन, उपाध्यक्ष कपिल खनालको अध्यक्षता एवं उपाध्यक्ष प्रेम पौडेल र रक्तिमका कलाकारहरुको स्वागतबाट कार्यक्रम अगाडि बढेको थियो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष दुर्गा बहादुर केसी र नेपाली समाचार साप्ताहिकका सहसम्पादक धनवीर पुन मगरको पनि आतित्थ्यता रहेको थियो ।

सहभागिहरुको तर्फबाट शुष्मा खड्का, पहल सिंह परियार, खगेश्वर सुनार, विष्णु शर्मा र तालबहादुर खडकाले बैठक सफलताको शुभकामना दिनुभएको थियो ।
विस्तारित बैठकले “गणतन्त्र र राष्टियताको रक्षा गरौं, भारतस्थित प्रवासी नेपालीहरुको मताधिकार एवं समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गरौं” भन्ने मूल नारा अन्तर्गत आठौं अखिल भारत सम्मेलन सम्पन्न पार्ने निर्णय गरेको छ ।
बैठकमा ११ क्षेत्रीय समिति र दुई राज्य समिति एवं १६५ नगर समितिहरुबाट र केन्द्रीय समितिका सदस्यहरु गरि २५२ जना प्रतिनिधिहरु २ जना अतिथि, ६ जना कलाकार र १५ जना आमन्त्रित दर्शकको उपस्थिति रहेको थियो ।
विस्तारित बैठकको दोश्रो सेशन हिरासिंह चन्द, पि. भिम बहादुर थापा र लाल बहादुर क्षेत्रीको अध्यक्ष मण्डल र त्रिभुवन भट्टराईको सञ्चालनबाट अगाडि बढेको थियो । राजमो अध्यक्ष चित्र बहादुर केसी, मूल प्रवाह अध्यक्ष दुर्गा बहादुर केसी, महासचिव ठाकुर खनाल र नेपाली समाचारका सहसम्पादक धनवीर पुन मगरले आतित्थ्यता गर्नुभएको थियो ।
बिस्तारित बैठकले आठौं अखिल भारत सम्मेलनका लागि संयोजकत्वमा ११ सदस्यीय मूल व्यवस्थापन समिति र ६९९ सदस्यीय सम्मेलन तयारी समिति गठन गरेको छ । ९ उप समितिहरु गठन गरिएको छ ।
त्यस्तै सदस्यीय मूल व्यवस्थापन समिति अन्तर्गत नौ उपसमितिहरु समेत गठन गरिएको छ । सदस्य मदन शर्माको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ, सदस्यहरुमाः ठाकुर खनाल, हेमकुमार थापा, दिनेश खड्का, भिम बहादुर थापा (एच), श्रीधर शर्मा र रणबहादुर थापा रहनुभएको ।
उपाध्यक्ष कपिल खनालको संयोजकत्वमा व्यवस्थापन तथा मेश समिति गठन गरिएको छ, सदस्यहरुमा ः प्रेम सापकोटा, नन्दबहादुर लम्तरी, शिव केसी, सुर्य बहादुर क्षेत्री, खेम न्यौंपाने, गोपाल भट्टराई, बाबुराम विष्ट, विष्णु विसी, छविलाल सापकोटा, जमुना गाहा र सुभास गौतम रहनुभएको छ ।
कोषाध्यक्ष केवी थापाको संयोजकत्वमा स्वयं सेवक समिति गठन गरिएको छ, सदस्यहरुमा ः चन्द्र बहादुर थापा, प्रेम आचार्य, बेद बहादुर कार्की, खुम बहादुर पुन, तिलक पाण्डे, देवीराम केसी, कुमार थापा, रमकला काउछा, भगवती कुँवर र गोपाल विक रहनुभएको छ ।
उपाध्यक्ष प्रेम पौडेलको संयोजकत्वमा मिडिया सेल गठन गरिएको छ, सदस्यहरुमा ः रतनसिंह कर्मा, बेल बहादुर रजाली, कुल बहादुर बगाले, खिमराज चालिसे, लोकेन्द्र पौडेल, अजय रेश्मी, धर्म पहरी र कृष्टी राई रहनुभएको छ ।
सदस्य पि. भिम बहादुर थापाको संयोजकत्वमा आतिथि व्यवस्थापन समिति गठन गरिएको छ, सदस्यहरुमाः राम प्रसाद बस्याल, फूलविना पौडेल, तिलक पौडेल, सुनिता भट्टराई, नन्दा शर्मा र सोनु थापा रहनुभएको छ ।
सदस्य चन्द्रकान्त शर्माको संयोजकत्वमा साँस्कृतिक परिचालन समिति गठन गरिएको छ, सदस्यहरुमाः जनकराज पौडेल, मोहराज चालिसे, रिम राना, सुरज गतराज, तालबहादुर खड्का, झलक पुन, विल बहादुर गुरुङ, निखिल रावत, निरु सारु, भूवन केसी, बालाकृष्ण गन्धर्व, विना काउछा, बोम सिंजापति र जोगेन्दर दर्लामी रहनुभएको छ ।
सदस्य गोविन्द बहादुर थापाको संयोजकत्वमा हल व्यवस्थापन समिति गठन गरिएको छ । सदस्यहरुमा : अनन्त राहाडी, नेत्र गुरुङ, समर माझी, तारा सोमरे, हरिप्रसाद शर्मा र नारायण सापकोटा रहनुभएको छ ।
उपाध्यक्ष हिरासिंह चन्दको संयोजकत्वमा व्यापार तथा व्यवसाय समिति गठन गरिएको छ, सदस्यहरुमा : फूलविना पौडेल, विक्रमसिंह राणा, शालिकराम आचार्य, बाशुदेव भट्टराई र कमल रायमाझी रहनुभएको छ ।
त्यस्तै महासचिव ठाकुर खनालको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको छ । सदस्यहरुमा : त्रिभूवन भट्टराई, गिरीराज परियार, नारायण ज्ञावली, धु्रव न्यौंपाने, श्याम त्रामु, लक्ष्मी प्रसाद ज्ञावली, कृष्ण क्षेत्री, टेकप्रसाद कंडेल, श्रृजना बगाले, हेमबहादुर विजी, चन्द्रप्रसाद पौडेल, कोटिप्रसाद पोखरेल, धर्म विक, तिलक राना, टंक कुँवर, कृष्ण जिसी, मतिराज गौतम, मोहन गिरी, खिम बहादुर विक, चोवनाथ शर्मा, शोभाखर पन्थ, विरु श्रेष्ठ, गम बहादुर सुनार, अमित केसी, बालाकृष्ण गायक, बाबुराम बस्नेत, हिमलाल सापकोटा, बिर वहादुर जिसी, लिलाम्बर सिंजाली, साइला लामा, काशिराम डिएम, उमानन्द शर्मा, कृष्ण कुँवर, ओमकान्त शर्मा, लक्ष्मण चालिसे, पदम पौडेल, किशोर शर्मा, बुद्धिराम पौडेल, जगत हमाल, टेक बहादुर चिरनजिवी शर्मा रहनुभएको छ ।
सम्मेलन आगामी फरवरी २७–२८ र १ मार्च २०२२ मा दिल्ली एनसिआरमा आठौं अखिल भारत सम्मेलन गर्ने विस्तारित बैठकले निर्णय गरेको छ ।















