माओत्सेतुङ बिचारधाराई ग्रहण गरौं, अबशरवाद बिरुद्ध संघर्ष गरौं

विश्व कम्युनिस्ट आन्दोलनमा माओत्सेतुङका योगदानहरु अविस्मरणीय छन् । माक्र्सबाद लेनिनबादका संस्थापक प्रबर्तकहरु माक्र्स, एगेल्स, लेनिन र स्टालिनले जस्तै माओत्सेतुङले माक्र्सवाद लेनिनवादको बिकाशमा निरन्तरता दिदै माक्र्सवाद लेनिनवादलाई अगाडि बढाएका छन् । माक्र्सवादका तिनै संगठक अंगहरुमा माओत्सेतुङका महान योगदानहरुले माक्र्सवाद लेनिनवादलाई माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ बिचारधारामा बिकाश गरेको छ । माक्र्सवाद लेनिनवाद माओत्सेतुङ बिचारधाराले माक्र्सवाद र लेनिनवादले जस्तै विषेश छुट्टै प्रकारको युगको भने प्रतिनिधित्व भने गरेको छैन ।

किनभने वर्तमान युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग, लेनिनवादको युग हो । यसरी भनिरहेको तापर्य के हो भने विद्यमान विश्व परिस्थितिमा कतिपय सामान्य परिवर्तनका बावजुद पनि सर्वहारा क्रान्तिको साथै सर्वहारा अधिनायकत्व सम्बन्धमा लेनिनद्वारा स्थापित मान्यताहरु पछाडि परेका भने छैनन् । बरु ति अहिले पनि प्रायस् उहि प्रकारले लागु भईरहेका छन्, जसरी माओ योगदानहरु बिकशित हुनु भन्दा पहिले लागु हुने गर्दथे । माओत्सेतुङ बिचारधारा त्यो भन्दा भिन्नै परिस्थितिका लागि होईन तर माओत्सेतुङ बिचिरधाराको आलोकमा लेनिनवादी मान्यताहरुको सरलिकरण भएको छ, थप ब्याख्याहरु जोडिएका छन् । कतिपय ब्याख्या र विश्लेषण गर्न बाँकी रहेका कुराहरु पुरा भएका छन् । त्यसरी माओत्सेतुङ बिचारधारा लेनिनवादी युग भित्र माक्र्सवादी लेनिवादी बिज्ञानको बिकाशको समुन्नत रुपले जुन माक्र्स, एगेल्स, लेनिन, स्टालिन र माओत्सेतुङका क्रान्तिको बिज्ञानका योगदानहरुको एकमुष्ट समस्टिगत रुप हो ।

माओत्सेतुङले द्वन्दात्मक पद्धतिको बिकास गर्ने सिलसिलामा लेनिनको द्वन्दवादलाई बिपरित तत्वहरुको एकताको सिद्धान्तको रुपमा परिभाषित गर्न सकिन्छ । यसले द्वन्दवादको गुदिलाई ग्रहण गरेको छ तर यसको ब्याख्या र बिकाश गर्नु पर्दछ भनाईलाई आधार बनाएर विषेश रुपले विपरीत तत्वहरुको एकता र संघर्षको नियममा नै जोड दिए । उनले यस नियमलाई सहि किसिले बुझ्न नसकेको तथापि विपरीत तत्वहरुको एकता र संघर्षलाई भिन्नाभिन्नै रुपमा ब्याख्या गरेर एक पक्षिय दृष्टिकोण प्रस्तुत गरेको हुँदा स्तालिनमा अधिभुतवादको प्रसस्त अम्स रहेको र स्तालिनले अधिभुतवादी पद्धति सिकाएको भनेर आलोचना गरे तर त्यसको बिरुद्ध उनले द्वन्दात्मक पद्धतिमा नयाँ उर्जाशिल आयाम थपे ।

औपनिवेशिक नव औपनिवेशिक र सामन्ती मुलुकहरुमा नयाँ जनवादी क्रान्तिको रणनीति र कार्य नीति निरुपर्ण गर्ने सवालमा पनि माओले लेनिन र स्तालिनका तत्सम्बन्धि नीतिहरुलाई एउटा प्रमुख आधार बनाएका छन् । किनभने नयाँ जनवादी क्रान्तिको सिद्धान्तको सुत्रपात गर्ने ब्यवहारिक रुप दिने र तिनको बिकास गर्ने सवालमा माओत्सेतुङको महान रचनात्मक योगदान रहेको छ । तर त्यो न लेनिनवादी युग भन्दा छुट्टै छ न लेनिनवादी प्रस्तापना र लेनिन र स्टालिनका बिचारहरु भन्दा भिन्नै छ । माओले विश्व सर्वहारा क्रान्ति तथा त्यसका अभिन्न अंग बनिसकेका उत्पिडित राष्ट्र र मेहनतकश जनताका राष्ट्रिय मुक्ति आन्दोलन तथा जनवादी आन्दोलनसित सम्बन्धित कैयौं सैनिक सिद्धान्तहरुको सुत्रपात तथा ततः सम्बन्धि कतिपय सिद्धान्तहरु परिमार्जित गर्दै साम्राज्यवाद र विभिन्न खाले प्रतिक्रियावादी शक्तिहरुको पकड कम हुने ठाउँ गाउँले क्षेत्रहरुद्वारा शहर घेर्ने सिद्धान्त बिकसित भएको छ ।

गुरिल्ला आक्रमण जुन सानो शक्तिले ठूलो शक्तिमाथि हमला गर्ने ठोश शैली हो, साम्राज्यवाद बिरोधि प्रतिरोधको लागि आवश्यक शैली हो । यो साम्राज्यवादको नाईटोमाथि प्रहार गर्ने सिद्धान्तको विषेश रुप हो । सर्वहारा अधिनायकत्वलाई मजवुद बनाउने सिद्धान्त अनुरुप सर्वहारा अधिनायकत्व अन्र्तगत अविरल क्रान्तिको सिद्धान्त प्रतिपादित र विकसित भएको छ, साथै माओत्सेतुङको सर्वहारा क्रान्तिले यहीँ कुरालाई फोकस गर्दछ ।

१३ राजनीतिलाई सबैभन्दा माथि राख ।
२३ आधुनिक संसोधनवादको बिरुद्ध संघर्ष गरौ ।
३३ जन समुदायहरुमाथि विश्वास गर ।
४३ विद्रोह गर्नु अधिकार हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार