भ्यालेनटाइन डे या विकृती ?

भ्यालेनटाइन डेको इतिहास र यसको आधार :

पश्चिमी मुलुकहरूको संस्कृतिलाई सरसती अध्ययन गर्दा श्रीमतीमा भन्दा रखेलमा (Kept) विश्वास गरेको पाइन्छ । युरोप तथा अमेरीकामा एक विवाह तथा सम्बन्ध रहेको अत्यान्तै कम महिला-पुरुष पाइन्छन् तर दक्षिण एशियन मुलुकहरूमा यो अलिक अनौठो तथा अप्ठ्यारो महशुस हुन्छ । पश्चिमी संस्कृतिलाई अध्ययन गर्दा यो प्रचलन निकै पुरानो रहेको पाइन्छ । हालका दिनहरूमा हामीले हाम्रो समाजमा पनि ‘Live in Relationship’ भन्ने वाक्य यदाकदा सुन्नेगरेका छौं । शहरहरूमा त गुणात्मक रुप लिइरहेको छ ।

पश्चिमा मुलुकहरूमा यो निकै पुरानो चलन कै रुपमा आएको भन्न सकिने प्रसस्त आधारहरू छन् । जस्तो अमेरीकी एक वैज्ञानीक प्लेटो भन्छन्- ”म 20-22 स्त्रीहरूको निकट थिएँ“ । अरस्तु र देकातेरका रचनाहरूले पनि यही बोल्छन् । रुसोले त आफ्नो आत्मकथा मैं लेखेका छन्ः ”एउटी स्त्रीसँग रहनलाई मनले नै मान्दैन, यो सम्भवन नै छैन Highly Impossible ।“ हुनलाई त उनीहरू वैज्ञानिक हुन् तर उनीहरूको तात्पर्यतालाई अलिक फराकिलो नजरले हर्ने हो भने, उनीहरूको विश्लेषणमा ”महिलाहरूमा त आत्मा नै हुँदैन, घरायसी सामाग्रीहरू जस्तै हो, जब पुरानो हुन्छ नयाँ ल्याउनु पर्छ ।“ यस्ता खालका सोंच र प्रचलनको युरोपियन तथा पश्चिमी देशहरूमा विरोध पनि भएको पाइन्छ । जसमध्यक एक थिए ‘भ्यालेनटाइन’ । उनको जन्म रोममा आजभन्दा लगभग 1500 वर्ष पहिला भएको थियो ।

भ्यालेनटाइन भन्थ्ये; ”युरोपियन प्रचलन र जनावरको व्यवहार जबसम्म एउटै रहन्छ, यसले युरोपियन मुलुकमा ‘परिवार’ भन्ने संस्थालाई नै विस्थापित गरिदिन्छ । त्यसैले यो संस्कृतिलाई सुधार्नु पर्ने हुन्छ । पहिला श्रीमान-श्रीमतीको जुन महत्वपूर्ण बन्धन छ त्यसलाई पूर्णता दिनुस ।“ यही उपदेश भ्यालेनटाइनले दिंदै हिड्दथ्ये । कैयौंलाई उनको विचार ठिक लाग्थ्यो त कैयौंले उनलाई ”तिमीलाई यो वायरस कहाँबाट घुस्यो ?“ भनेर सोध्ने गर्दथ्ये । उनले भन्ने गर्दथ्ये; ”हालका दिनहरूमा म दक्षिण एशियाको दर्शन अध्यन गर्दैछु ।“ कतिपय मान्छेहरू उनको विचारप्रति सहमत भए, सयौं जोडीहरूको विवाह पनि भ्यालेनटाइनले गराएका थिए ।

भ्यालेनटाइनको यो विचारले युरोपमा सुस्त-सुस्त गति लिंदै थियो । त्यो समयमा क्लौडियस रोमका राजा थिए । क्लौडियसको नजरमा भ्यालेनटाइनले युरोपीयन संस्कृति विगार्न थालेको बुझे, ”हामी विवाह विना रहनेहरू, मोज मस्तीमा रमाउनेहरूलाई विवाह जस्तो बंधनमा बांधदै हिंडेर भ्यालेनटाइनले अपसंस्कृति फैलाएको छ, उसलाई तुरुन्त गिरफ्तार गर र सजाय देउ“ भने ।

जुन-जुन जोडीहरूको विवाह भएको थियो उनीहरूलाई बोलाएर भ्यालेनटाइनलाई 14 फरवरी 498 इसापूर्वमा क्लौडियसले मृत्युदण्ड दिए । जुन-जुन जोडीहरूको भ्यालेनटाइनले विवाह गराएका थिए, उनीहरू निकै दुःखी भए । उनीहरूले भ्यालेनटाइनको दुःखद मृत्युको संझनामा 14 फरवरीको दिनलाई युरोपियन मुलुकहरूमा भ्यालेनटाइन डे मनाउन थाले । यसको अर्थ यो भयो, भ्यालेनटाइन जसले युरोपियन मुलुकहरूमा विवाह गराउँदै हिंड्दथ्ये उनलाई क्लौडियस भन्ने रोमका राजाले मृत्युदण्ड दिए ।

दक्षिण एशियामा भ्यालेनटाइन डे :

अब यही भ्यालेनटाइन डे दक्षिण एशियन मुलुकहरूमा पनि आएको छ । यो भ्यालेनटाइन डेले विभिन्न सरकारी कार्यालयहरू, शिक्षण संस्थान स्कुल, क्याम्पसहरू, यहाँसम्मकी विभिन्न इलेक्ट्रानिक मिडीयाहरूले समेत धुमधामसँग मनाउन थालेका छन् । हाम्रा कैयौं युवा-युवतीहरू यो भ्यालेनटाइन डेलाई पर्व कै रुपमा मनाउँदै हिंडेको पाइन्छ । यहाँसम्मकी एक आपसमा ‘भ्यालेनटाइन डे’ को कार्ड पनि बांड्दै हिंड्छन् । जुन कार्डमा लेखिएको हुन्छ, Would You Be My Valentine’ यसको अर्थ हुन्छ ”के तपाई मसँग विवाह गर्नु हुन्छ ?“

कैयौंलाई त यो थाहा पनि हुँदैन, उनीहरू सोंच्छन् की ‘जसलाई मैले प्रेम गर्दछु उसलाई यो कार्ड दिन पर्दछ ।’ कार्ड बांड्दै जांदा कैयौंले त घरमा आमा-बाबु, हजुरबा-हजुरआमालाई पनि त्यही कार्ड दिन्छन् । कार्ड बांड्नेहरू सबै अबुझ् हुन् मैले भन्दैन तर जुन कार्ड तपाईले आफ्नो प्रेमीकालाई दिनु हुन्छ, त्यही कार्ड घरमा आमा-हजुरआमालाई दिंदा यसले समाजमा कुन संस्कारको विकास गर्दछ ?

यसका प्रत्यक्ष वा अप्रत्यक्ष पूंजीपतीलाई फाइदा :

‘भ्यालेनटाइन डे’ जसलाई आजभोली नेपालीमा ‘प्रेम दिवस’ भन्न पनि थालिएको सुनिन्छ । यो प्रेम दिवसको तयारी वर्तमान समयमा युरोपमा भन्दा दक्षिण एशियन मुलुकहरूमा धुमधामसँग मनाउन थाले पाइन्छ । जब फरवरी महिना लाग्छ, ‘भ्यालेनटाइन डे’ को तैयारी पनि निकै जोडतोडले हुन थालेको पाइन्छ । आजकल त कैयौं मोबाइल कम्पनीहरू, उपहार कम्पनीहरूले फरवरी महिनाको शुरुवातबाट नै भ्यालेनटाइन डे अफरहरू छोडेका हुन्छन् ।

यसबाट के बुझ्न सजिलो हुन्छ भने, ‘भ्यालेनटाइन डेले समाजमा राम्रो भन्दा पनि ठूलो पूंजीपतीहरूको लागि Would You Be My Valentine’ लेखेको कार्ड बेच्ने राम्रो माध्यम बनेको छ । यो कार्डको माध्यमबाट समाजमा कैयौंको बसिबसाउ घर उजाडने औजार बनेको छ । महिलाहरूलाई एक पछि अर्को रुपमा रुसोले जस्तै ‘विना आत्माको सामाग्री’को रुपमा पुन स्थापित गराउन सहयोग पुर्याएको छ । यो कामलाई सफल बनाउन ठूला-ठूला टेलिविजन च्यानलहरू पनि लागेका छन् ।

उनीहरूले यसको समाजमा पर्ने नकारात्मक असरभन्दा पनि तत्कालको आर्थिक फाइदालाई मात्रै देखेका छन् । जहाँसम्म भ्यालेनटाइन डे केवल उपहार आदान प्रदान गर्ने र प्रेम कै सुरुवात गर्ने दिनमा मात्रै सिमित रहेता, त्यसको विरोधमा कुनै अर्थ थिएन, तर जब भ्यालेनटाइन डेमा एक युवकले एउटी युवतीलाई उपहार दिन्छ त्यसपछि उसले आफ्नो हकसम्म जताउन कोशिस गर्दछ । यसरी एउटा उपहारकै भरमा एक महिलालाई हेर्ने दृष्टिकोण मै परिवर्तन गरिदिने पर्व मानव समाजमा किन चाहियो ? जुन पर्वले प्रेमको नाममा अप्रत्यक्ष रुपबाट शोषणको विजारोपण गर्दछ त्यो पर्व नै किन मनाउनु ?

भ्यालेनटाइन डे विकृती फैलाउने माध्यम :

अमेरिकी मानवसास्त्री मोर्गनका अनुसार मानव समाज तीन भागमा विभक्त छ । प्रकृतिमा जस्तो चिज तथा वस्तुहरू थिए त्यस्ताको त्यस्तै उपयोग गर्नु जंगली युग । मानव समाज सामान्य प्रकारको जिवीकोर्पाजन गर्नका लागि उत्पादन तर्फ लागेको युग जसलाई वर्वर युग भनिन्छ ।

जब निजी सम्पत्तिको शुरुवात भएपछिको साथै मान्छेले विभिन्न सोधहरू पत्ता लगाउन थालेको युगलााई सभ्य युग भनिन्छ । यहाँनेर हामीले बुझ्नु पर्ने के रह्यो भने मानव समाज विकासको क्रमलाई जंगली युगदेखि सभ्ययुग तर्फ गएको थाहा हुन्छ । तर भ्यालेनटाइन डेको मार्फत मानव समाजलाई सभ्य युगबाट जंगली युग तर्फ धकेल्न कोखेको भन्ने आधारहरू छन् । उदाहरणको रुपमा हामीले Would You Be My Valentine लेखेको कार्ड परिवारको जुनसुकै सदस्यलाई पनि बांड्ने गरेको पाएकै छौं । यसरी हामी संस्कारको सिको तथा नक्कल गर्नाले राम्रो पक्ष भन्दा पनि नराम्रो पक्षको तर्फ बढि उन्मुख देखिन्छौं ।

यहि नराम्रो पाटोलाई मात्रै हामीले सिको गर्न थाल्यौं भने अबको 15 वर्ष पछि दक्षिण एशियाको सभ्यता आफैमा डुबुल्की मारिसकेको हुनेछ । भ्यालेनटाइन डेको इतिहासलाई अध्ययन गर्दा त हामीले पाएको यो हो कि, जब कुनै एक स्त्रीले एक पुरूषलाई तथा एक पुरुषले एक स्त्रीलाई प्रेम गर्दछ भने उनीहरू विवाहको बंधनमा परिणत हुनु पर्दछ । यदि त्यसो हो भने त हामीले दक्षिण एशियामा भ्यालेनटाइन डे मनाउनुको तात्पर्य छुट्टै पाउँछौं । त्यस अर्थमा भ्यालेनटाइन डे मनाउने चक्करमा हामीले मानव समाजलाई विकृति प्रदान गरिरहेका छौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार