प्रयागराजमा सन्देश सभा एवं महिला दिवस सम्पन्न

प्रयागराज । मूल प्रवाह अखिल भारतीय नेपाली एकता समाज नगर समिति प्रयागराज एवं महिला विभाग को आयोजना मा अंतर्राष्ट्रिय सर्मिक महिला दिवस एवं आठौं सम्मेलन संदेश सभा कार्यक्रम सम्पन्न भएको छ ।

महिला विभागकी गोमा थापाको अध्यक्षतामा र केन्द्रीय सदस्य राम प्रसाद बस्याल केन्द्रीय सलाहकार सदस्य तथा नगर अध्यक्ष लक्ष्मी प्रसाद ज्ञवालीले अतिथि आसान गर्नुभएको थियो । अतिथि आसान पछि शहीदहरुको सम्झनामा १ मिनट मौनधारण गरिएको थियो ।

स्वागत भाषण महिला विभाग नगर सचिव सविता शर्माले गर्नुभए को थियो । शुभकामना दिनी अन्य वक्ताहरुमा अनिल आले, राम बहादुर थापा, किसन सिंह परियार, हरि, दामोदर भट्टराई, आकाश थापा, दुर्गा प्रसाद न्यौंपाने, निरा आले हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार