इलाहावादमा मूल प्रवाहले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस

इलाहाबाद । मूल प्रवाह अखिल भारतीय नेपाली एकता समाज इलाहाबाद नगर समितिले १३३सौं अन्तर्रास्ट्रिय श्रमिक दिवस (मई दिवस) कार्यक्रम सम्पन्न गरेको छ । सोही अवसरमा महिला नगर विभागको पनि भेला सम्पन्न गरिएको थियो ।

भेलाको उद्धाटन मूल प्रवाह अखिल भारतीय नेपाली एकता समाज केन्द्रीय सदस्य राम प्रसाद बस्यालले गर्नु भएको थियो । वस्यालले उद्घाटन मन्तव्यमा मजदूरहरुको चर्चाको साथसाथै फुटप्रस्तहरुको भ्रममा नपर्न नेपाली श्रमजिवीहरुलाई आव्हान गर्नुभएको थियो । बस्यालले समाजको नीति, नियम, अनुसाशनको बारेमा पनि चर्चा गर्नुभएको थियो ।

उक्त भेलाले महिला नगर विभाग इलाहाबादको पुनर्गठन गरेको छ । महिला नगर विभाग इलाहाबादको घोषणा केन्द्रीय समितिका सल्लाहकार सदस्य तथा नगर समिति अध्यक्ष लक्ष्मी प्रसाद ज्ञवालीले गर्नु भएको थियो ।

जसमाः संयोजक- गोमा थापा, सदस्यहरुमा क्रमशः सविता शर्मा, गंगा ज्ञवाली, राधिका ज्ञवाली, गीता खनाल, परमिला सुवेदी, नीरा आले, कुमारी राना, खिना सुनार, हरि कला, शर्मा आले, यास्मीन मिया र एक पद रिक्त राखिएको छ ।

कार्यक्रमको अध्यक्षता नगर समिति अध्यक्ष लक्ष्मी प्रसाद ज्ञवालीले र सञ्चालन नगर समिति सचिव राजू अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई दुर्गा प्रसाद न्यौंपानेले स्वागत गर्नुभए थियो ।

नगर समिति उपाध्यक्ष किशन सिंह परियार, नगर सहसचिव अनिल आले, महिला विभागकी सविता शर्माले कार्यक्रममा शुभकामना मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार