अमेरिकी अधिकारीहरु नेपाल आगमन र त्यसले निम्ताएको गम्भीर प्रश्न

English English Nepali Nepali

-जनक राज पौडेल

पछिल्लो समयमा नेपालमा अमेरिकी अधिकारीहरुको आगमनमा एकपछि अर्को गरि लर्को लागेको छ । अमेरिकी सुरक्षा निकायका उच्चअधिकारी लडाकू विमान सहित नेपाल प्रवेश गरेका छन् र नेपालका सुरक्षा निकायका संवेदनशिल क्षेत्रहरु अवलोकन गर्दै छन् । जहाँ देशका मिडिया नागरिकहरु सयौं कोष टाढाँबाट नियाल्न खोज्दा पनि बन्देज गरिन्छ। विश्व शक्ति राष्ट्रका उच्च अधिकारीहरु सानो र विकाश उन्मूख राष्ट्र नेपालमा आउँदा नेपालीहरु खुसी हुनु पर्ने हो, तर पछिल्लो समय अमेरिकी उच्च अधिकारीहरु लडाकू विमान सहित नेपालको आगमन हुँदा संशकित हुँदै दुःखी र त्रासको वातावरण किन पैदा हुँदैछ । यसभित्रको अन्तर्य पक्ष गम्भीर र विचारणिय भएको छ । अमेरिकी उच्च अधिकारीहरुको नेपालमा तिब्र आगमन त्यस पछि हुँदैछ । जब संसदबाट एमसीसी अनुमोदन भयो । हामीलाई स्पष्ट हुँदै आएको विषय हो कि ईण्डोयाफिक स्ट्राटजी अमेरिकी साम्राज्यवादको हिन्द प्रशान्त क्षेत्रमा सैनिक बिस्तार गर्ने सैनिक रणनीति योजना हो । र आईपिएस् अन्तर्गतको एमसीसी परियोजना हो वा एमसीसी आईपिएस्को अंग हो । नेपालको सन्दर्भमा एमसीसी कार्यान्वयनमा आउनु भनेको देशको सार्वभौमसत्ता र राष्ट्रिय स्वाधिनता माथी अमेरिकी साम्राज्यबादी ले नांगो हस्तपेक्ष गर्नु हो। त्यति मात्र होईन नेपालले एमसीसी कार्यान्वयन गर्नु, नेपाल असंलग्न परराष्ट्र नीति विरुद्ध जानू हो । परिणाम स्वरुप अमेरिकि साम्राज्यबादको चीन घेर्ने रणनीति योजनालाई प्रत्येक्ष साथ दिनु हो।

साम्राज्यबादको गम्भीर प्रकारको षडयन्त्रको चंगुलमा नेपाल फसि चीन विरुद्ध जबरजस्ती नेपाललाई साम्राज्यबादले खडा गर्दैछ । त्यसकारण एमसीसी विरुद्धको आवाजलाई संगठित गर्नुपर्ने अहिलेको आवाश्यकता भएको छ । एमसीसी विशुद्ध अनुदान होईन, यो अमेरिकाले नेपालको भुमि प्रयोग गर्दै चीन घेर्ने अभिप्रायःले जवरजस्ती भित्राईएको विषालु लगानि हो । नेपाललाई रणमैदान बनाउने कुत्सित योजना हो । यति स्पष्ट बुझिने र सुनिने रणतिनिक षडयन्त्रलाई देशका दलालहरुले जनतालाई थप भ्रमित गर्दै, एमसीसी विशुद्ध अनुदान हो र आईपिएससँग एमसीसीको कुनै सम्बन्ध छैन भन्नु आफैमा पटमूर्खता मात्र होईन साम्राज्यबादप्रति दलालीको चरम प्राकाष्ठा हो । शुरुदेखि नै अमेरिकी उच्चअधिकारीहरुले एमसीसी आईपिएस् अन्तर्गतको अंग हो भन्दै आईरहेको अबस्थामा आत्मसमर्पण र दलालहरुले एमसिसी विशुद्ध अनुदान हो भन्ने कुतर्क लज्जाजनक अभिब्यक्ति अरु उदेक लाग्दा छन् । अमेरिकी अधिकारीहरुका निरन्तर र पछिल्लो समयका अरु उत्कर्षमा नेपाली नेताहरुका ढोकाढोका ठ्क ठ्ककाउँदै अशोभाविक प्रकारका भेटघाट, आपत्तिजनक गतिविध र धम्किपुणर् भाषाहरुले पनि अरु स्पष्ट हुन्छ कि त्यो नेपाल र नेपाली जनताको हित पक्षको परियोजना होईन। चीन घेर्ने षडयन्त्र हो । जस्तै उनले के वताउँदै आएका थिए भने, यदि “नेपाल ले एमसीसी संसदबाट अनुमोदन गरेन भने वा फिर्ता पठायो भने नतिजा भोग्न तयार हुनु पर्ने । त्यति मात्र होईन उत्तर छिमेकी “चीनले उत्काएको अमेरिकाले बुझ्ने”, र “नेपाललाई दिदै आएको सबै प्रकारका सहयोगहरु बन्द गरिने ।” यसप्रकार अभिब्यक्तिले साम्राज्यबादीहरुको चरित्र र नियतलाई बुझ्न गाह्रो पर्दैन कि अमेरिकि साम्राज्यबाद नेपालको विकाश उन्नति प्रगति होईन चीनघेर्ने उपयुक्त भुमि नेपाल मात्र भएको हुँदा नेपाली भुमि प्रयोग गर्न आतुर छ ।

अन्तर्राष्ट्रिय दातृ संस्थाहरु वा विकशित देशहरुले, गरिव, अल्प विकसित राष्ट्र, विकाश उन्मूख राष्ट्र वा गरिबी निर्वारणको लागि र विभिन्न प्रयोजनमा सहयोग गर्ने गर्दछन् गर्दै आएका पनि छन् । नेपालको सन्दर्भमा पनि त्यो सत्य हो कि विगतदेखि अन्तर्राष्ट्रिय दातृ संस्थाहरुले विभिन्न प्रयोजनमा सहयोग दिदै आएका छन् । नेपालले पनि लिदै आएको छ । त्यसप्रकारका सहयोगहरुलाई अनुदान मानिन्छ र त्यसप्रकारका सहयोग लिंदै गर्दा संसदबाट अनुमोदन गर्नु पर्ने वा सम्बन्धित देशको संविधान नियम कानुन र प्रचलन भन्दा माथी कथित अनुदान संस्थाका नियम कानुन हुनुपर्ने वा मान्नुपर्ने बाध्यकारी अबस्था थिएन तर एमसीसीलाई संसदबाट अनुमोदन गर्नुपर्ने त्यसमा भएका नियम कानुनहरु सम्बन्धित देशको संविधानसँग बाझिए पनि प्रभावित नहुने वा एमसीसीको नियम कानुन नै लागू हुने यो कस्तो अनुदान हो ? अर्को पक्ष पनि स्मरण गरौं । यदि सम्बन्धित देशका अत्याधिक जनता नागरिक समाज बौद्धिक ब्यक्तित्वहरुले एमसीसीद्धारा उपलब्ध हुने कथित अनुदान अस्विकार गर्दा वा त्यो विरुद्ध आन्दोलनका ज्वारभाटा उठ्दा, लिनै पर्ने, नलिए नतिजा राम्रो नहुने र उसको शत्रु र सम्बन्धित देशको मित्र राष्ट्रले उक्साएको बुझ्ने ? विशुद्ध अनुदान दिने राष्ट्र वा दातृ संस्थाहरुको यसप्रकारको दवाव र हर्कतले स्पष्ट हुन्न र ? त्यो भित्र रहेको महा षडयन्त्रको नौ जाल । यो नै विडम्बना हो । तसर्थ एमसीसी अनुदान होईन नेपालको राष्ट्रियता माथीको नांगो हस्तक्षेप हो र प्रकान्तरमा नेपालको भुमिलाई प्रयोग गर्दै चीन विरुद्ध रण मैदान बनाउने खतरनाक षडयन्त्रकारी खेल हो । त्यो स्पष्ट बुझेर नै त्यस (एमसीसी) का विरुद्ध विगतदेखि नै केही राजनीति पार्टी र सचेत जनताले निरन्तर आन्दोलन गर्दै आएका थिए र छन् ।

त्यो आन्दोलनको भावना मात्र होईन राष्ट्रिय स्वाधिनता र सार्वभौमिकता विरुद्ध आफ्ना केही असहमति र एमसीसीमा रहेका राष्ट्रघाती बुँदाहरु परिमार्जन गर्नुपर्ने सर्त राख्दै आएका केही राजनीति पार्टीहरु पनि निहित स्वार्थका कारण पछिल्लो समयमा कथित १२ बुँदे ब्याख्यात्मक सहित अनुमोदन गर्न सहमत भए । स्पष्ट छ कि उनीहरुको १२ बुँदे ब्याख्यात्मक टिप्पणीलाई अमेरिकीहरुले कुनै वास्ता गरेको छैन र गर्ने वला पनि छैन । कथित ब्याख्यात्मक नेपाली जनतालाई अरु वेकूप बनाउने प्रपन्च मात्र थियो र हो । केही नेताहरुको टिप्पणी यस्तो थियो कि एमसीसी संसदबाट अनुमोदन गर्दा अमेरिकी सैनिक नेपाल आउछ भन्नु हास्यस्पद कुरा हो तर घट्नाक्रमले के पुष्टि गर्दै छ भने पछिल्लो समय अमेरिकी उच्च सुरक्षा निकायका अधिकारी सहित लडाकू विमान नेपालमा भित्रिएका छन् र नेपालका सुरक्षा निकायका संवेदनशिल क्षेत्रमा अवलोकन गरि रहेका छन् त्यो सैनिक कुटनीतिक विपरित छ । त्यसप्रकारका गतिविधिहरु स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र र जनताका लागि दुर्भाग्यपुणर् विषय हुन् । साम्राज्यबादी शक्तिहरुको त्यसप्रकारका अशोभनिय शंकास्पद गतिविधिहरुलाई सामान्य र उपरी प्रकारले बुझ्नु हुँदैन । साम्राज्यबाद एउटा वहानामा पस्ने र काम अर्को गर्ने उनीहरुको चरित्र हेर्न कोरियाद्धिप, अफगानिस्तान ईराक भियतनाम र पछिल्लो समय युक्रेन लगायतबाट बुझ्न आवश्यक छ । शान्ति अमनचयन र स्थायित्वको वहानामा विभिन्न राष्ट्रमा पस्ने, त्यहाँका प्राकृतिक स्रोत साधन कब्जा गर्न नरसंहार मच्चाउने साम्राज्यबादीहरुको चरित्र हो । यि कुरा स्पष्ट हुँदाहुँदै पनि साम्राज्यबादका नेपालस्थित मतियारहरुले प्राविधिक मतद्धारा एमसीसी संसदबाट जबरजस्ती अनुमोदन गरेका छन् । जनता भ्रमित हुनुपर्ने अबस्था छैन कि साम्राज्यबादीहरुले विश्वभरि मच्चाउँदै आएका वितण्डता र अस्थिरता मात्र हो । तसर्थ यसको विरुद्ध आवाज उठाने मात्र होईन संगठित आन्दोलनको आवाश्यकता अपरिहार्य भएको छ । देश भक्त नागरिकहरु राष्ट्रिय स्वाधिनताको पक्षमा एकजुट हौं । विखण्डरकारी संघीयता र राष्ट्रघाती एमसीसी खारेज गरौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार