अध्यक्ष माओले प्रतिपादन गर्नुभएको सङ्गठन सञ्चालनका १६ विधि के के हुन ?

  • चिनिया कम्युनिष्ट पार्टीका अध्यक्ष तथा विश्व सर्बहाराबर्ग क्रान्तिका महान नेता क. माओत्सेतुङ
अत्यन्त तल्लोस्तरमा, भद्दा सैलीमा र सुझ न बुझ मनपरी लेख्ने र दुस्प्रचार गर्ने सम्मानित नेतृत्व पंक्तिलाई कि अति देबत्वकरण गरी बिगार्ने, गलत गरेपनि सही छ भनि ठप्पा लगाउँने कि ध्वस्त गर्ने र आलोचना गर्ने र सच्याउँन प्रयत्न गर्ने कतिपय नेतृत्व पंक्ति तथा कार्यकर्ताहरुलाई समाप्त गर्ने अत्यन्त छुद्र र घिनलाग्दो पाराले बिषालु धारणा ब्यक्त गरेको छ्यापछ्याप्ति भेटिन्छ ।
यो भँडुवा र पार्टीभित्र डढेलो लगाई आगो ताप्ने राक्षसी प्रबृत्ति हो । अझ प्रष्टरुपमा भन्ने हो भने बाँदरलाई बाली नालीको सुरक्षागर्न जिम्ममा लगाए जस्तो हो ।
क.माओको विचार र महान दर्शनको बिरुद्धमा नजाउँन पटक पटक पढुन र हेक्का राखुन भन्ने उदेश्यकासाथ माओले प्रतिपादन गर्नु भएको विधि प्रस्तुत गरिएको छ । पार्टीभित्र त्यो समश्या आएकै कारणले माओले यसो भन्नुभएको प्रष्ट छ ।
चिनिया कम्युनिष्ट पार्टीका अध्यक्ष तथा विश्व सर्बहाराबर्गका महान नेता क. माओ त्सेतुङ विकास गर्नुभएको सङ्गठनात्मक सञ्चालनका १६ विधि ।
कमसेकम हरेक कम्युनिष्ट सदस्यले आत्मासात गरुन र सच्चा कम्युनिष्ट बन्ने आधार खडा हुन सकोस भन्ने उदेश्यकासाथ यहाँ प्रस्तुत गरिएको छ ।
जो यसप्रकार रहेको छ ।
१. समझदार बन, निर्णायक बन
२. केही सम्भावना देख
३. छालको गति सरह अघि बढ
४. बढीभन्दा बढी प्रभावको लागि प्रयास गर
५. स्थितिको निरीक्षण गर्न कुशल बन
६. ठीक समयमा निर्णय गर
७. विचारलाई व्यक्त हुन देऊ
८. गतिरोधलाई तोड
९. अल्पमत होस् तर सत्य नछोड
१०. समस्याहरूलाई ऐतिहासिक दृष्टिकोणबाट हेर
११. बुझ्न सकिने शैलीमा जोड देऊ र स्पष्ट धारणा अपनाऊ
१२. जिम्मेवार बन
१३. गलत चिन्तनबाट मुक्त होऊ
१४. आलोचना तथा आत्मालोचना लागू गर
१५. सामूहिक नेतृत्व कायम गर
१६. विभिन्न विभागहरूका बीचमा सम्बन्ध बनाऊ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार