व्यक्तिपुजा र अन्धभक्त बारे

#ज्वालामुखी

कतिपय व्यक्तिहरुले नेपाल कम्युनिस्ट पार्टी (मसाल) को नीति सिद्धान्त बिचारप्रति समर्पित भएर लागेकाहरुलाई मोहन बिक्रम सिंहको ब्यक्ती पुजा गरेको अन्धभक्त बफादार भएको आरोप लगाउँदै आएका छन् । आरोप देशी बिदेशी सामन्ती प्रतिक्रियावादीहरुले होइन, अमेरिकी र भारतीय साम्राज्यवादका दलालहरुले होइन, सबभन्दा बढी कम्युनिस्ट पार्टीको नाममा कम्युनिस्टको खोल ओढेका दक्षिणपन्थी संशोधनवादीहरु, मध्यमपन्थी अबसरवादहरु, उग्रवामपन्थी भड्कावमा परेकाहरु एवं कतिपय अराजकवादीहरु । अराजकवादीहरुले सबभन्दा बढी पैतला देखिन टुप्पीसम्मको बल लगाएर असैद्धान्तिक असान्दर्भिक झुट असत्य आरोप लगाउँदै आएका छन् । मोहन बिक्रम सिंहले मतभेद राख्ने कसैलाई पनि पार्टीमा टिक्न दिंदैन, जनवादको घाँटी नेमटछ, केन्द्रीयता र अनुशासनको डण्डा लगाएर निकाल्छ भन्दै सैद्धान्तिक विहिन तर्कहरु प्रस्तुत गर्दै आइरहेका छन् । उनीहरुले आरोपका लागि आरोप, बिरोधका लागि बिरोध गर्न आफू पानी माथीको ओवानो बन्न खोज्द छन् । मैले अहिले माथी उल्लेख गरेको वाक्याशंहरु नेकपा (मसाल) को नीति सिद्धान्त बिचारप्रति समर्पित भएकाहरुलाई कामरेड मोहन बिक्रम सिंहको ब्यक्ती पुजा गरेको अन्धभक्त बफादार भएको आरोप लगाइएको र दुई कामरेड मोहन बिक्रम सिंहले मतभेद राख्ने कसैलाई पनि पार्टीमा टिक्न दिदैनन् जनवादको घाँटी नेमठछन् केन्द्रीयता र अनुशासनको डण्डा लगाएर पार्टीबाट निकाल्छ्न् भन्ने आरोप बारे केही प्रकाश पार्न चाहन्छु ।

१. नेकपा (मसाल)को नीति, सिद्धान्त, बिचारप्रति समर्पित भएकाहरुलाई कामरेड मोहन बिक्रम सिंहको ब्यक्ती पुजा गरेको अन्धभक्त बफादार भएको आरोप बारे :

पार्टी भित्र कसैले पनि कामरेड मोहन बिक्रम सिंहको ब्यक्ती पुजा गरेको अन्धभक्त बफादार भएको भन्ने आरोप अत्यन्तै निच तल्लो दर्जाको झुटको पुलिन्दा हो । यस्ता प्रकारका आरोप सर्बहारा बर्गका महान गुरु माक्र्स, एंगेल्सको पालामा माक्र्स एंगेल्सका समर्थकहरुलाई, लेलिन र स्टालिनको मृत्यु पछि खु्रचेभ, गर्भाचोभ यत्सेनहरुले पनि लगाउने गर्दथे । कफन बाधेर क्रान्तिकारी आन्दोलनमा लागेका पार्टीका सिपाईहरुलाई झुट कपोलकपित आरोप लाउनु भन्दा पहिला आकाश छुन सक्ने, पृथ्वी चुम्न सक्ने, यो क्रान्तिकारी भन्दै कथित क्रान्तिकारीहरु भक्तीभाव गर्ने विरुद्ध किन आवाज उठाउन सक्दैनन् ?

पार्टी भित्र अन्तरसंघर्षको नाममा २०४८ सालमा बाबुराम भट्टराईहरु पार्टी दक्षिणपन्थी भयो, यसले क्रान्ति गर्दैन भनेर चैते मसाल हुँदै एकता केन्द्र हुँदै माओवादीबाट फुटेर नयाँ शक्ति, कम्युनिस्ट पार्टीको सम्पुणर् नीति सिद्धान्त बिचार छोडेर मदेशवादी प्रतिक्रियावादी साम्राज्यवादको दलाल हुदासम्म उनको पछि लाग्नेहरुलाई बाबुराम भट्टराईको ब्यक्ति पुजा गरेको अन्धभक्त बफादार भनेर आरोप लगाउन किन सक्दैनन् ? केही समय पहिले माओवादीका बर्षमान पुन कुनै दिन ठाउँ ठाउँमा प्रचण्डका मुर्ती बन्ने छन् जनताले प्रचण्डको पुजा गर्ने छन् भन्दा समेत ब्यक्ती पुजाको बारे केही बोल्न किन सक्दैनन् ?

एमालेका अध्यक्ष ओलीले दुई दुई पटक संसद विघटन गर्दा देशलाई असंबैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी कदम चाल्दासम्म पनि ओलिको अन्धभक्त भजन मण्डली बारे किन बोल्न सक्दैनन् ? युद्धकालमा माओवादीले जनता विरुद्ध अघोषित युद्धगर्दा ब्यक्ति हत्या गर्दा माओवादी ज्यादती विरुद्ध भण्डाफोर गर्दा माओवादी ज्यादतीको भण्डाफोरको नीति कम भयो यस्का विरुद्ध अझ सशक्त कार्यक्रम ल्याउनु पर्छ भन्ने आफ्नै श्रीमतिलाई काठ खोल्ने ब्रम्माले शरिरको विभिन्न भागमा खोलेर यातना दिने माओवादीको भण्डाफोर गर्ने पार्टीको नीति छोडेर त्यही माओवादीमा हाम्फाल्ने परि थापा, राम सिंहहरुको विरुद्ध किन बोल्न सक्दैनन् ?

कम्युनिस्ट बामपंथी क्रान्तिकारी आन्दोलन ब्यक्ती पुजाको सबभन्दा बिरोध गर्ने कोहि छ भने त्यो केबल विश्व सर्बहारा बर्गका नेता कामरेड मोहन बिक्रम सिंह नै हुनुहुन्छ । प्रचण्ड पथको सबभन्दा बढी खण्डन कामरेड मोहन बिक्रम सिंहले नै गर्नु भएको छ । कम्युनिस्ट पार्टीमा गुरु चेला हुदैनन् । सबै कामका दौरानमा उपल्लो कमिटी तल्लो कमिटीमा भए पनि योग्यता हिसाबले सबै बराबर हुन्छन् । पार्टी समर्थकलाई समेत आफू सरहकै दर्जा दिने कामरेड मोहन बिक्रम सिंह नै हुनुहुन्छ । उहाँका बिचारहरु जस्ताको तस्तै जनताको घर आगानमा इमानदारी पुर्बक पुराना सकिएको छैन । पार्टीमा ठूलो सानो नभनेर सबैलाई समान ब्याबहार गर्ने कोहि छ भने देश जनता पार्टी र क्रान्तिप्रती सम्पुणर् जीवन सुपेका कामरेड मोहन बिक्रम सिंह नै हुनुहुन्छ । यो यथार्थलाई बंग्गाएर कामरेड मोहन बिक्रम सिंहको ब्यक्ती पुजा गरेको अन्धभक्त भएको बफादार भएको भन्नेहरु देश जनता क्रान्ति विरुद्धका बास्तबिक अन्धभक्त ब्यक्ती पुजा बफादार झोलेहरु बाहेक अरु होहि होइनन् ।

त्यसकारण नेकपा (मसाल) कामरेड मोहन बिक्रम सिंह, देश जनता पार्टी र क्रान्ति विरुद्ध लगाएका आरोपहरु अत्यन्तै निच घिन लाग्दा असैद्धान्तिक सत्य तथ्य बिनाका बिरोधका लागि बिरोध गर्न लगाएका अबसरवादीहरुका आरोप हुन् भन्ने कुरा घाम जत्तीकै छर्लंग छ ।

२. मदभेद राख्ने कसैलाई पनि मोहन बिक्रम सिंहले पार्टीमा टिक्न दिदैनन्, जनवादको घाँटी नेमठ्छन्, केन्द्रीयता र अनुशासनको डण्डा लगाएर पार्टीबाट निकाल्छन :

अन्तरसंघर्ष बहस छलफल नेकपा (मसाल) मा जति कुनै पनि पार्टीमा हुँदैन । जसले पार्टी दक्षिणपन्थी भयो यसले केही गर्दैन भनेर कम्युनिस्ट पार्टी नीति सिद्धान्त बिचार छोडेर दक्षिणपन्थी हुँदै प्रतिक्रियावादी दलमा पुग्छ त्यसैबाट नै थाह हुन्छ नेकपा (मसाल) भित्र कति धेरै छलफल बहस हुदोरछ भन्ने कुरा । देशको बस्तुगतस्थिति आत्मगतस्थिति राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिती ठिक छैन । अहिलेको संघर्ष प्रधान रुप जन संघर्ष हो, भन्दा नमानेर कथित जनयुद्ध गर्ने माओवादीहरुलाई यो जनयुद्ध होइन, यसरी तिमीहरुले सिंगो कम्यूनिष्ट आन्दोलन समाप्त पार्नेछौं, तिमिहरु पनि नामो निसान समाप्त हुनेछौ भनेको थियो । अहिले माओवादीको अवस्था यहि हुँदै गएको छ । यसले पनि यो सावित गरिदिएको छ कि, नेकपा (मसाल) भित्र कति धेरै बहस छलफल हुँदोरहेछ, कति धेरै दुर्गामी निणर्य गर्दो रहेछ भन्ने कुरा । माओवादी ज्यादती विरुद्ध भण्डाफोर गर्दा भण्डाफोर नीति कम भयो अझै धेरै भण्डाफोर गर्नु पर्छ भन्ने परि थापा, रामसिंह अलग भएर त्यही माओवादीमा जम्पमारे अहिले उनीहरुको अस्तित्व समाप्त भइसकेको छ । यसले पनि यो थाहा हुन्छ नेकपा (मसाल) भित्र कति धेरै बहस छलफल हुन्छ भन्ने कुरा । सन्त बहादुर कम्पनीहरुले पार्टी दक्षिणपन्थी भयो हामी क्रान्तिकारी हौं भन्दै हिंडे अहिले कोहि माओवादी, कोहि एमालेमा बाँकी रहेका बैध माओवादीमा जान बार्गेनिङ गरिरहेका छन् । उनीहरुलाई अहिले लागिरहेको छ, नेकपा (मसाल) भित्र देश जनता पार्टी र क्रान्तिप्रति धेरै बहस छलफल हुँदो रहेछ हामीले गल्ति गरियो भन्ने ।

कुरा पार्टी भित्र कति धेरै जनवाद रहेछ भन्ने कुरा प्रस्ट हुन्छ । जहाँसम्म केन्द्रीयताको कुरा हो, नेपाल कम्युनिस्ट पार्टी (मसाल) सर्बहारा बर्गको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी हो । यसका आफै नीति सिद्धान्त बिचार छन् । कसैले पार्टी नीति सिद्धान्त उलंघन गरेर माथी भनिए जस्तै पार्टी छोडेर भाग्नेहरु विरुद्ध केन्द्रीयता अनुशासन लागू गरिएन भने पार्टी कम्युनिस्ट पार्टी नभएर अबसरवादी प्रकारको अरु प्रतिक्रियावादी भन्दा फरक हुन सक्दैन । ब्यक्ती संगठनको मातहतमा हुन्छ, तल्लो कमिटी उपल्लो कमिटीको मात हत हुन्छन्, सबै कामिटीहरु केन्द्रीय कमिटी मातहतमा हुन्छ । केन्द्रीय समिति महाधिवेशनले गरेको निणर्यको मातहतमा हुन्छ । यो लेनिनवादी नियमको उलंघन गर्ने अराजकवादीहरुलाई जनवादको मुण्टो निमोठेको मदभेद गर्नेलाई केन्द्रीयताको डाण्डा लगाएर निकाले आरोप भ्रमाहक झुट असत्य अनुशासन हिनहरुको रुइलो बरबराहट बाहेक अरु केही पनि होईन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार