संगठन नामले होइन, कामले चिनाउनु पर्छ

  • सुरेशकुमार पाण्डे

आज सात नोभेम्वर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ४५औं स्थापना दिवस । नोभेम्वरको सुरूवातमा जब म नेपालबाट भारत तर्फ हिंडे मलाई मूल प्रवाका नेता कार्यक्रताहरूसँग भेटघाट हुने इच्छा जाग्यो ।

यो नोभेम्वरको महिना मेरो लागि ऐतिहासिक महत्वको पनि हो । किन भने म आफै पनि संगठनमा नोभेम्वर सन १९८१ मा लागेको थिएँ । संगठनलाई हामीले आफ्नो घर र विश्व विद्यालय ठान्छौं । पहिलो दिन चण्डीगढमा खिमराज चालिसे- जुना चालिसेका घर पुगेर भेटघाट भएँ । त्यसपछि म लुधियाना पुगेर हिरासिंह चन्दजीलाई भेट गरेपछि टोहाना गएँ । त्यहाँ मायाँ थापा, भिमबहादुर थापा, बुद्धीबहादुर लगायत केही संगठनका साथिहरूसँग भेटघट पछि गुरूग्राम पुगें । केही संगठनका जुझारू साथिहरूसँग भेटघाट भयो ।

खास गरेर आदरणिय मित्र केशबराज पौडेल जसले मलाई एकता समाजको सदस्यता दिनुभएको थियो का घरमा पुगेर भेट भएँ । उहाँको स्वास्थ्य सुधार भएको रहेछ । यो मौकामा शेरबहादुर थापा र रणबहादुर थापाले जुराउनु भयो । उहाँहरूलाई बिशेष धन्यवाद दिन चाहान्छु ।

माथिका विषयहरू किन उल्लेख गरें भने रगतको नाताभन्दा पनि वर्गिय मायाँ बलियो हुन्छ भन्नेकुरा उहाँहरूले देखाएको मायाँ सद्भावले पुष्टि गर्दछ ।

७ नोभेम्वरको म र देवा पाण्डे मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय कार्यलय सरोज भवनमा पुग्यौं । धनवीर जी र उहाँको परिवार लगायत पुरानो कलाकारलाई भेट्ने मौका मिल्यो । साँझ तिर संगठनको काममा ब्यस्त दिनभरी अस्पत्ताल धाएर फर्किनुभएका संगठनका केन्द्रीय अध्यक्ष ठाकुर खनाल र उपाध्यक्ष कपिल खनाल लगायतका कयौं साथिहरूसँग भेट भयो । यो सबै हार्दिकता संगठनको माध्यायम र वर्गिय नातालेनै हो र हुनसक्छ ।

आज सात नोभेम्वर हो । आजैको दिन सन १९७९ मा भारतभरि छरिएर रहेका श्रमजिवि नेपालीहरूको हकहित र शुरक्षाको लागि सातजना आदार्णिय व्यक्तीहरूद्वारा भारतको प्राचिन र ऐतिहासिक सहर बनारसमा गठन गरिएको थियो । नेपालमा निरंकुश तानाशाही र पञ्चायती व्यबस्थाको हालिमुहाली थियो । उनीहरूको भारतमा पनि बिगबिगीका बाबजुध नेपालीहरूको संगठन अखिल भारत स्तरिय स्थापना हुनुभनेको आफैमा एउटा चुनौती नै थियो र पञ्चायती व्यबस्थालाई चुनौती पनि ।

त्यो वेला नेपालमा राजनीति गर्नु भनेको अपराध नै भएको बुझिन्थ्यो । त्यस्तो भिषण परिस्थितिमा आफ्नो प्राणलाई हत्थेलीमा राखेर संगठनको निर्माण भएको थियो । संगठनले भारत व्यापी रूपमा बिकास गर्दै गयो । सात जनाबाट सुरूगरिएको यो संगठन बिभिन्न चुनौतिका बाबजुद अहिले भारत व्यापी फैलिंदै गएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको निस्पक्षिय निस्कलंक छवीलाई बद्नाम गर्ने प्रयात्न पनि नभएको होइन् । समय समयमा संगठनको बिचमा देखापरेका गुट फूट आदिले संगठनलाई सखाफ पार्ने योजना बनाएता पनि संगठनका जुझारू र कर्मठ कार्यकर्ता, नेता एवं शुभचिन्तक खास गरेर जनताको मायाँले यो संगठनको बिकासलाई कसैले पनि रोक्न सकेनन् ।

संगठनले आठौं सम्मेलन पनि सम्पन्न पारेको छ । प्रत्येक सम्मेलन ऐतिहासिक त छन् नै पाँचौ सम्मेलनले अखिल भारत नेपाली एकता समाजलाई नयाँ नामबाट पनि चिनाएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज । हाम्रो संगठनलाई बेलाबेलामा कयौंले आफ्नो स्वार्थमा लतार्न पनि खोज्दछन् । त्यो वेला माओंवादीहरूले संगठनलाई आफुतिर लतार्न खोजेको थियो । त्यसको बिरूद्धमा संगठनले लगातार संघर्ष गर्‍यो र उनीहरूको योजना धरासाही भयो ।

संगठन जनताको सुखःदुःखमा काम आउने एउटा समाज सेवकको रूपमा परिचित छ । संगठनको बिकास पनि जनताको काम गरेर उनीहरूको बिचमा झांगिन सक्छ । जनतामा झुट बोलेर उनीहरूलाई भ्रममा पारेर गरेको खेती फल्दैन् । यो कुरा एकता समाजबाट फुटेर गएका साथिहरू परिचित हुनुहुन्छ ।

हामीले संगठनको बिकास ठुलो संघर्ष गरेर गर्न सफल भएको कुरा कसैबाट पनि लुकेको छैन् । अहिले पनि संगठनले सामाजिक कार्यमा जोड दिंदै आएको छ । अहिले म बिभिन्न शहरमा पुगे त्यहाँ के देखिन्छ भने कयौं व्यक्तीहरू बस लगायत कैयौं व्यबसायमा संलग्न छन् । अझै पनि कैयौं नेपालीहरु जाँड-रक्सि लगायत विभिन्न प्रकारका दूव्यवशनमा फसेका छन् । यस्तो अबस्था सिर्जिना हुनु कुनै पनि संगठनका लागि पक्ष भएको मान्न सकिंदैन । हामी जनताका रक्षक बनेर जनताको माझमा पुग्नु पर्छ भन्ने कुरा हामीलाई संगठनले नै सिकाएको हो ।

हाम्रो संगठनको बिकासमा कयौंको महान योगदान छ । जस्माः शोभाखर धनञ्यको पनि ठुलो योगदान छ । त्यसैले यो केन्द्रीय कार्यलय उहाँले अपनाउँदै र आफुलाई चिनाउँदै आउनुभएको नाम सरोज शर्माको नामबाट राखिएको छ । यसरी संगठनको बिकास गर्न रगत पसिनाले सिंचेर आजको अबस्थासम्म संगठनलाई डोराउन मदत् दिनुहुँने तमाम नेता कार्यक्रता र सुभचिन्तक जनातहरूलाई नमन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार