हिसारमा संगठन निर्माण तिव्रगतिमा

हिसार, हरियाण । १ मार्च २०२०, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्धारा संचालित इन्डस्ट्रियल एरिया समिति अन्तर्गत ढावडा धागा मिलमा नेपाली मजदूरहरु विचमा टोल भेला सम्पन्न भएको छ ।

राम बहादुर वलालको पहलकदमी सम्पन्न भेला कमला वगालेको सञ्चालन तथा छत्र बहादुर सारुको अध्यक्षतामा सम्पन्न भएको थियो । भेलामा सुदुरपश्चिमोत्तर क्षेत्रीय सल्लाहकार तथा नगर सचिव तारा सोमरेको बिशेष उपस्थिति रहेको थियो ।

भारतस्थित नेपालीहरुको समस्याहरु तथा मूल प्रवाहको आवश्यकताबारे व्यापक छलफल पछि उक्त भेलाले दुइवटा टोल समितिहरु ए र वि गठन गरेको छ ।

टोल समिति एमा अध्यक्ष– केशव गाहा, उपाध्यक्ष– भोज बहादुर रास्कोटी, सचिव– राम बहादुर वलाल, सहसचिव– वम बहादुर रास्कोटी, कोषाध्यक्ष– टेक बहादुर रास्कोटी, सदस्यहरुमा क्रमशः भक्त बहादुर रास्कोटी, थमन खनाल, राजेन्द्र खड़का, प्रेम रास्कोटी, जीवन रास्कोटी, भीम बहादुर रास्कोटी, काशीराम घर्ती, पोष बहादुर सोमारे, झविलाल रायमाझी, रुपक पल्ली, वेग बहादुर ओली, सागर ओली, लाल बहादुर घर्ती, भद्र बहादुर वगाले रहनु भएको छ ।

त्यस्तै टोल समिति विमा अध्यक्ष– रिम बहादुर रास्कोटी, सचिव– तिलक वलाल, कोषाध्यक्ष– रमा रास्कोटी र सदस्यहरुमा रवि खत्री, पुरन गाहा, सिता वलाल, यमकला गाहा, मनिषा खत्री र एक रिक्त रहेको छ ।

नवगठित समितिहरुका अध्यक्षहरुले प्रतिवद्धता प्रकट गरे पछि समिति तथा कार्यकर्ताहरुलाई निरु सारु, केयरसिंह घर्तीमगर, नारायण न्यौंपाने, विजय वलाल, चन्द्रकला सोमरे, शुरेश क्षेत्री र लाल बहादुर चुदाली लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।

यो पनि पढ्नुहोस् हिसारमा धमाधम संगठन विस्तार

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार