नागरिकताको तथ्याङ्क हेर्ने चलन छैन : उप्रेती

बार एसोसियसनकै पूर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीले नेपालमा नागरिकतासम्बन्धी तथ्याङ्क हेर्ने चलन नै नरहेको बताउनुभयो ।

‘कति नागरिकले नागरिकता पाए ? देशका कति वास्तविक नागरिकले नागरिकता पाउनुपर्नेमा पाइएनन् ? त्यो हेरिन्न’ उहाँले भन्नुभयो– ‘कसैको प्रभावमा परेर नागरिकता कानुन बनाइन्छ । त्यसले गर्दा गैरनेपालीले नागरिकता पाउने आधार तयार हुन्छ र गैरनेपालीले नागरिकता पाइरहेका पनि छन् ।’

उहाँले नेपाललाई नियोजित रूपमा जनसाङ्ख्यिक आक्रमणद्वारा फिजीकरण गर्न खोजिएको बताउनुभयो ।

‘हामीकहाँ पहिला शरणार्थी आउँछन्† पछि त्यसका छोराछोरीले अङ्गीकृत नागरिकता पाउँछ† अब त्यसका पनि छोराछोरीले वंशजको नागरिकता पाउँछ’ उहाँले अगाडि भन्नुभयो– ‘शङ्का उत्पन्न थालेको छ, कतै हामीकहाँ तिब्बती र रोहिङ्ग्या शरणार्थीले पनि नागरिकता पाउने हुन् कि ?’

उहाँले अहिलेको सरकार भारतपरस्त भएकाले भारतलाई फाइदा पु¥याउने गरी नागरिकता अध्यादेश जारी गरिएको आरोप पनि लगाउनुभयो ।

यो पनि पढ्नुहोस : 

ओलीले पहिला पार्टी ध्वस्त पारे, अब संविधान ध्वस्त पार्दैछन् : केसी

नागरिकता राष्ट्रियतासित जोडिन्छ : पुरी

नागरिकता अध्यादेशबाट ल्याउने विषय होइन : थापा

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार