
आफ्नो गाउघर छरछिमेक
सिंगो नेपालै छोडेर परदेशीनु पर्याे।
गास–बास–कपासको लागि अर्काको देशको
भर पर्नु पर्याे।।
भेषभुषा बेग्लै भाषा
न आफुले बोलेको अरुले बुझ्ने।
न उनीहरूले बोलेको आफुले बुझ्ने
प्रदेशको ठाउमा को छ र आफ्नो
सोंचेका थियौं ।।
यहाँ पनि हाम्रा मान्छे रहेछन्
राम्रा मान्छे रहेछन् ।
संगठन हाम्रो अभिभावक रहेछ
‘मूल प्रवाह’ भारतको कुना कुनामा
गल्ली गल्लीमा रहेछ।।
यही संगठनबाट म जस्तै हजारौं लाखौं
युबाहरुले केही सिक्ने बुझ्ने र बुझाउने
सम्म भएका रहेछन्
आज म पनि यही संगठनमा आबद्ध भएको छु।।
म धेरै खुशी छु म पनि अब
जान्ने हुने भए केही बुझ्ने हुने भए ।
सबैलाई बुझाउने हुने भए
हजुरहरू पनि छुट्नु भएको छ भने
संगठित हुन आह्वान गर्छु
यो शोषित पिडीतहरुको मुक्तिको
उद्घघोषको पाठ सिकाउने बिश्व बिद्यालयमा।।क















