भारत व्यापी मनाइयो १२७ औं माओ दिवस

चंडिगढ, २६ डिसेम्बर । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्च चंडीगढको आयोजनामा विश्वसर्वहारा वर्गका महान नेता तथा नया जनवादी क्रान्तिको सिद्धांतका प्रतिपादक का. माओको १२७ औं जन्मदिवस भव्य तथा सानदार रुपमा सम्पन्न भएको छ ।

विष्णु वेल्वासेको सञ्चालनमा तथा वालाराम न्यौपानेको अध्यक्षतामा सम्पन्न समारोहमा उपस्थिति विभिन्न अतिथिहरुको अतिथि आशन ग्रहणपछी ज्ञात अज्ञात शहीदहरुप्रति एक मिनटको मौनधारण पश्चात किसन खनालले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा वक्ताहरुले सर्वहारा वर्गिय दृष्टिकोण माक्र्सवाद, लेनीनवाद तथा माओविचारधारा अन्तरर्राष्ट्रिय रुपमै रक्षात्मक अवस्थामा रहेको र विभिन्न खाले अवसरवादीहरु समेतबाट विभिन्न कोणबाट कम्युनिस्ट आन्दोलनमा आक्रमण भइरहेको वर्तमान अवस्थामा माओको योगदानको चर्चाले सबै कार्यकर्ताहरुमा उर्जा दिने र संगठन अझै मजवुत पार्ने धारणा व्यक्त गरे ।

एकता समाजका केन्द्रीय सदस्य दिनेश खड़का, सल्लाहकार तिलक पौडेल, नेपाली समाचारका खिमराज चालिसे, क्षेत्रीय सदस्य प्रेम आचार्य, महिला क्षेत्रीय विभागकी सचिव जुना चालिसे, मूल प्रवाह नगर अध्यक्ष मान बहादुर केसी, जनजाति विभागका थमन थापा, महिला क्षेत्रीय सदस्य सिमा खड़का, महिला नगर संयोजक माया आचार्य, रक्तिम विभागका सरस्वता भुसाल, विद्यार्थी विभागका अध्यक्ष नारायण आचार्य, खेल विभागका शमशेर केसी, नगर समितिका वेगम कुंवर लगाएतले मन्तव्य दिनुभएको थियो ।

यो पनि पढ्नु होस् चेन्नईमा माओ दिवस सम्पन्न
यो पनि पढ्नु होस् हिसारमा १२७ औं माओ दिवश मनाइयो
यो पनि पढ्नु होस् जयपुरमा १२७ औं माओ जयन्ती मनाइयो
यो पनि पढ्नु होस् रोपडमा माओ दिवश सम्पन्न
यो पनि पढ्नु होस् पाण्चेरीमा माओ दिवस सम्पन्न
यो पनि पढ्नु होस् निलगिरीमा माओ दिवस मनाइयो
यो पनि पढ्नु होस् कोट्टयाममा मनाईयो १२७ औं माओ जयन्ती

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार