काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हेमप्रसाद पुनको अनुशासन र धैर्यता अनुकरणीय रहेको बताउनुभएको छ ।
हेमप्रसाद पुनको १४ औँ स्मृति दिवसका अवसरमा अखिल नेपाल युवक संघ र अखिल नेपाल जनजाति सम्मेलनले संयुक्त रुपमा आयोजनामा गरेको कार्यक्रममा अध्यक्ष केसीले हेम पुनबाट अनुशासन, धैर्यता र निरन्तरता सिक्नुपर्ने बताउनुभयो । अहिले बाहिको दुषित वातावरणले बारम्बार आक्रमण गरिरहेको यथार्थता उल्लेख गर्दै केसीले भन्नुभयो, ‘पार्टीको अनुशासनमा बसेर हिँड्न् गार्हो हुन्छ । तर हेम पुन त्यस्तो क्षमता भएको कम्रेड हुनुहुन्थ्यो । नयाँ पिंढीमा पार्ने प्रभावले बाग्लुङ लगायत देशमा उहाँको महत्त्वपूर्ण भुमिका रहेको छ ।’
उहाँले अथक प्रयास गर्दागर्दै पनि हेम पुनलाई बचाउन नसकिएको बताउनुभयो । पुनको निधनले समाज र पार्टीलाई ठुलो क्षति पुगेको अध्यक्ष केसीले उल्लेख गर्नुभयो ।
‘हस्पिटलको विश्वास गरियो तर बचाउन सकिएन । उहाँको निधनले बाम आन्दोलन र हाम्रो पार्टीलाई ठुलो क्षति भयो’ अध्यक्ष केसीले भन्नुभयो, ‘उसलाई जन्ताले सम्झिन्छन, जसले रम्रो काम गर्छ । हेम पुनलाई जनताले सम्झिनुको कारण पनि उहाँको कामले नै हो । उहाँको जनवादी क्रान्तिको सपना थियो, अब त्यो हामीले पूरा गर्नु पर्छ ।’
कार्यक्रममा नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले हेम पुन सशक्त युवा नेता हुनु हुन्थ्यो भन्दै उहाँको योगदानलाई योजनाबद्ध तरिकाले निरन्तरता दिनुपर्ने बताउनुभयो ।
पुरीले भन्नुभयो, ‘उहाँ अनुसासित र कर्तव्यनिष्ठ हुनुहुन्थ्यो । उहाँले कहिलेपनी अराजकतालाई प्रोत्साहन गर्नु भएन । हामीले त्यसबाट शिक्षा लिनु पर्छ ।’
त्यस्तै अतिथी अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरबराज रेग्मीले पुनले युवक संघ निर्माण गर्न मद्दत गरेको स्मरण गर्दै अब उहाँको लक्ष्य पुरा गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।
यसै गरि अखिल नेपाल जनजाति सम्मेलनका महासचिव राम बहादुर बुढाले उहाँको जीवनी माथि प्रकाश पार्नुभयो ।
‘२०२८ साल फागुन २८ गते बाग्लुङ रिघामा जन्मीनुभएका उहाँ गुल्मी र काठमाडौंमा समाजसास्त्रमा डिग्री गर्नुभएको थियो । २०५७ मा युवाको अध्यक्ष हुदै २०६३ सालमा जनजाती सम्मेलनको महासचिव हुनुभयो र युवको सल्लाहकार रहेका बेलामा उहाँको मृत्यु भयो । अहिले उहाँको नाममा अक्षयकोष प्रतीक्षालय लगायत धेरै काम भएको जानकारी गराउनु भयो । उहाँले मलाई बचानु होला भन्नू हुन्थ्यो बिरामी हुदा तर सकिएन’ बुढाले भन्नुभयो ।
त्यस्तै,अखिल नेपाल कानुन व्यवसायी संघका महासचिव तथा युवक संगठनका सल्लाहकार लक्ष्मण देब पाण्डे, नेकपा मसाल काठमाडौंका प्रवक्ता जगत प्रसाद रेग्मि लगायतका नेताहरुले उहाँले दिनुभएको यौगदान र अनुसानबाट हामीले पाठ सिक्नु पर्ने बताउनु भयो ।
कार्यक्रमको अध्यक्षता जनजाती सम्मेलनका अध्यक्ष निम बहादुर बुढाथोकी मगर,सञ्चालन अखिल नेपाल युवक संघका केन्द्रीय सचिव भक्त बहादुर बिक र स्वागत जनजाति सम्मेलनका महासचिव राम बहादुर बुढाले गर्नु भएको प्रवक्ता रेग्मीले जानकारी दिनु भयो ।
















